नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

स्वर्गीय लम्सालको स्मृतिमा रक्तदान, ४० युनिट रगत संकलन

स्वर्गीय माधव प्रसाद लम्सालको ४५ औँ पुण्यतिथिमा स्याङ्जाको पुतलीबजार नगरपालिका –१४ लामागेमा खुला रक्तदान कार्यक्रम भएको छ । श्रवण माध्यमिक विद्यालयको प्राङ्गणमा रेडक्रस स्याङ्जाको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा ४० युनिट रगत संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र केसीले जानकारी दिनुभयो । स्व. लम्सालको कार्तिक ७ गते सवारी दुर्घटनामा निधन भएको थियो । उहाँ विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल सरकारका उपसचिव समेत हुनुहुन्थ्यो । 

कार्यक्रममा स्याङ्जा जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष अधिवक्ता तुलसी गिरीले लम्सालको निधनले जिल्लाले सक्षम र इमानदार व्यक्तित्व गुमाएको भन्दै भावुक श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । कृषि क्षेत्रमा उहाँ विशेषज्ञका रूपमा रहनुभएको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र केसी, रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्याल, सदस्य विश्वेश्वर गिरी र परिवारको तर्फबाट पृथ्वी लामिछाने लगायतले लम्सालको योगदानलाई सम्झिनुभएको  थियो । उहाँहरूले कृषि तथा समाज सेवामा उहाँका कामहरू दीर्घकालसम्म प्रेरणादायी रहने बताउनु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्