नेभिगेशन
समाज

जेसीज सप्ताह २०२५’ : एक हप्तामा १५  कार्यक्रम गर्दै गल्याङ जेसिज

गल्याङ जेसिजले जेसिज सप्ताह २०२५ लाई विविध १५ भन्दा बढी कार्यक्रम गर्दै भव्य रूपमा मनाउने भएको छ।लाई सन २०१८ मा स्थापना भएर निरन्तर सामाजिक सेवा, नेतृत्व विकास, शिक्षा तथा स्वास्थ्य प्रवर्द्धनमा सक्रिय रहेको गल्याङ जेसीजले यस वर्षको जेसीज सप्ताह २०२५ लाई यहि मिति मंसिर २६ गते देखि पुस ३ गते सम्म विशेष रूपमा मनाउने घोषणा गरेको हो। संस्थाले सार्वजनिक गरेको कार्यक्रमहरू यस वर्षको सप्ताहलाई अझ प्रभावकारी, सामुदायिक तथा युवामैत्री बनाउने विश्वास व्यक्त गरिएको छ।

गल्याङ जेसीजले  समुदायमा चेतना, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना कार्यक्रमलाई प्राथमिकता दिएको छ। साथै स्वास्थ्य, वातावरण, सांस्कृतिक संरक्षण र नेतृत्व विकासमा केन्द्रित विविध कार्यक्रमहरू मार्फत नगरलाई अझ सुन्दर र सचेत बनाउने लक्ष्य राखिएको छ।

रक्तदान , बटुक भोजन–सत्संग, सेयर बजार सम्बन्धी तालिम, विद्यालयस्तरीय ट्राफिक सचेतना, स्लो बाइक रेस, जेब्राक्रसिङ निर्माण, फोहर टिप्ने प्रतियोगिता र सडक साइनबोर्ड सरसफाइजस्ता कार्यक्रम गरिने गल्याङ जेसिजका अध्यक्ष ज्ञानेन्द्र पाठकले जानकारी दिनुभयो।

गल्याङ क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्व बोकेको सेतिवेणी सालिग्राम शिला संरक्षण तथा प्रवर्द्धन कार्यक्रम यस वर्षको सप्ताहकै मुख्य आकर्षण मानिएको छ। यसले स्थानीय तथा बाह्य पर्यटकको ध्यान आकर्षण गर्ने तथा गल्याङको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा पुर्‍याउने  अपेक्षा गरिएको छ।

संस्थाका संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरूलाई सम्मान र चिया गफ कार्यक्रम समेत राखिएको छ। यसले संगठनको इतिहास, परम्परा र निरन्तरतामा नयाँ उर्जा प्रवाह गर्ने विश्वास अध्यक्ष पाठकको छ। सदस्य र परिवारबीच सहकार्य तथा एकताको सम्बर्द्धनका लागि जेसीज पारिवारिक वनभोज पनि समावेश  गरिएको छ।

जेसीज सप्ताह अन्तर्गत जेसीज पार्क निर्माणको प चरण सुरु गरिने बताइएको छ। जसलाई दीर्घकालीन सामुदायिक संरचना तथा हरियाली प्रवर्द्धन परियोजनाकै रूपमा हेरिएको छ।स्वास्थ्य सम्बन्धि चेतना जगाउन  स्वास्थ्य क्षेत्रमा एण्टिबायोटिक दुरुपयोग तथा सुरक्षित प्रयोग सम्बन्धी सचेतना कार्यक्रम पनि गरिने जेसिजले जानकारी दिएको छ।

सबै कार्यक्रमहरू स्थानीय सरकार , विद्यालय, सामाजिक संघ–संस्था तथा समुदायको सहकार्यमा सञ्चालन हुने अध्यक्ष पाठकले बताउनुभयो । जेसिजका सप्ताहव्यापी कार्यक्रमहरूले गल्याङलाई सामाजिक चेतना, स्वास्थ्य सुरक्षा, वातावरणीय स्थिरता र पर्यटन प्रवर्द्धनका क्षेत्रमा अग्रसर नगरका रूपमा उभ्याउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्