नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
सुरक्षा/अपराध

मोबाइल चोरीमा संलग्न दुई युवकहरू पक्राउ 

स्याङ्जाबाट मोबाइल चोरी गर्ने  २ युवकहरूलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। पुतलीबजार नगरपालिका–३ मजुवास्थित चुनीकुमारी मल्लको डेराबाट मोबाइल चोरी भएको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले दुई जना युवाहरूलाई पोखराबाट पक्राउ गरेको हो। जेठ १३ गते मोबाइल चोरी भएको घटना पश्चात् अनुसन्धान गर्दा संलग्न व्यक्तिहरूलाई १६ गते  पक्राउ गरिएको प्रहरीले जानकारी दिएको  छ।

पक्राउ पर्नेहरूमा २१ वर्षीय पवन परियार (स्थायी ठेगाना आँधिखोला गाउँपालिका–५) र २४ वर्षीय शाहिल गुरुङ (स्थायी ठेगाना अर्जुनचौपारी गाउँपालिका–४) रहेका छन्। दुबै जना हाल पोखरा–५ मा बसोबास गर्दै आएका थिए। उनीहरूको साथबाट प्रहरीले १ थान रेडमी, १ थान ओप्पो  र १ थान भिभो कम्पनीका स्मार्ट मोबाइलहरू समेत बरामद गरेको छ।

 

पक्राउ परेकाहरूलाई जिल्ला अदालत स्याङ्जाबाट ९ दिनको म्याद लिई चोरी मुद्दामा  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्