नेभिगेशन
सुरक्षा/अपराध

 सुन चोरीका दुई अभियुक्त पक्राउ 

स्याङ्जाको वालिङमा सुन चोरी गर्ने २ जना महिलाहरूलाई प्रहरीले पक्राउ गरेको छ। प्रकाउ पर्नेहरूमा  चापाकोट नगरपालिका वडा नम्बर ४ घर भई हाल वालिङ नगरपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षीया दिपा क्षेत्री र वालिङ नगरपालिका वडा नम्बर ९ बस्ने ३२ वर्षीय दुर्गा बि.क. रहेका जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो।

वालिङ नगरपालिका वडा नम्बर ६ स्थित थान कुमारी पाण्डेको घरबाट अन्दाजी आधा तोला बराबरको सुनले जडान गरिएको दुई वटा पञ्चरत्ने बाला  असार १७ गते चोरी भएको थियो। चोरीको घटना  अनुसन्धान गर्दै जाँदा चोरी भएको २ वटा  पञ्चरत्ने बाला थान सहित  अभियुक्तहरूलाई असार १९ गते प्रहरीले  पक्राउ गरेको हो।  पक्राउ परेका व्यक्तिहरू विरूद्ध स्याङ्जा जिल्ला अदालतबाट १० दिनको  म्याद थप अनुमति लिई चोरी मुद्दामा वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट कानूनी कारवाही अगाडी बढाईएको  प्रहरी निरीक्षक तिवारीले जानकारी दिनुभएको  छ।

सुन चोरीका घटनाहरूमा बच्न आफ्नो गरगहना सुरक्षित राख्न र संकास्पद व्यक्तिहरू हिडडुल गरेको पाइएमा तुरून्तै नजिकको प्रहरीलाई जानकारी दिन जिल्ला प्रहरी प्रहरी कार्यालय, स्याङ्जाले आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्