नेभिगेशन
सुरक्षा/अपराध

स्याङ्जामा ११ हजारभन्दा बढी गाँजाका बोट फडानी

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जिल्लामा ११ हजार भन्दा बढी गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको छ। अवैध लागू पदार्थ नियन्त्रण, समाजमा शान्ति सुरक्षाको प्रवर्द्धन तथा कानूनको कार्यान्वयनलाई प्रभावकारी बनाउन स्याङ्जामा विशेष अपरेसन अन्तर्गत गाँजा फडानी गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले स्थानीय तहका पदाधिकारीहरू, युवा क्लब र आमा समूहको सहकार्यमा स्याङ्जा जिल्लाका विभिन्न स्थानहरूमा  गाँजा नष्ट गरेको हो।उक्त अभियानअन्तर्गत प्रहरीले जम्मा ११ हजार ५४ हरियो गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

उहाँका अनुसार यस्तो अभियानले समुदायमा लागूपदार्थसम्बन्धी जनचेतना बढाउनुका साथै अपराध नियन्त्रणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । प्रहरीले आगामी दिनहरूमा समेत यस्ता अभियानलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्