नेभिगेशन
सुरक्षा/अपराध

प्रहरीमा  झुट्टा निवेदन दिने दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सुन र गहना चोरी भएको भनी प्रहरीमा झुठो निवेदन दिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आँधिखोला गाउँपालिका वडा नम्बर -०१ हिले बस्ने ४१ वर्षीया चन्द्र कुमारी गुरूङ र सोही स्थान बस्ने ३८ वर्षीय धनराज गुरूङ रहेका छन्।

उनीहरूले  साउन १२ गते बेलुकीको समयमा आँधिखोला गाउँपालिका वडा नम्बर -०१ स्थित आफ्नै घरबाट ७.५ (साढे सात) तोला सुनका गर-गहनाहरू तथा नगद रु. ४  हजार समेत चोरी भएको भनी निवेदन दिएका थिए। चन्द्र कुमारी गुरूङले दिएको निवेदनको सम्बन्धमा प्रहरीले  अनुसन्धान गर्दै जाँदा चोरी भएको भनिएको सुनको गर-गहना तथा नगद  चन्द्र कुमारी गुरूङ र धनराज गुरूङले मिलिमतोमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको  थियो। आँफैले लुकाएर  प्रहरीलाई झुट्टा निवेदन दिएको अनुसन्धान पश्चात खुल्न आएको उनीहरूलाई १७  गते पक्राउ गरी आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्