नेभिगेशन
सुरक्षा/अपराध

लागूऔषधसहित दुई युवक पक्राउ

स्याङ्जामा १ सय १०  एम्पुल लागूऔषधसहित २ युवा पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका –९ पृथ्वीचोक बस्ने २३ वर्षीय साजन ठकुरी र सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन गुरुङ रहेका छन् । गल्याङ नगरपालिका –१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा  यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा  लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सोमबार दिउँसो करिब २:४० बजे वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ५४५१ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई लागूऔषध   सहित नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट डाईजेपाम ३६ एम्पुल, नुफिन ३७ एम्पुल र फेनेरागन ३७ एम्पुल  सहित जम्मा ११० एम्पुल नियन्त्रित लागू औषध बरामद गरेको छ। नियन्त्रणमा लिइएका व्यक्ती र बरामद गरिएको नियन्त्रित लागू औषध उपर  थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्