नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
कृषि

आयो आलुको बीउ

भीरकोट नगरपालिकामा अनुदानमा वितरण गरिने आलु र गहुँको बीउ आएको छ।  नगरपालिकाले ५० प्रतिशत अनुदानमा  खायन आलुको बीउ र गहुँ वितरण सुरू  गरेको छ। कृषकहरूको माग बमोजिम आलु र गहुँको बीउ वितरण गर्न थालिएको कृषि शाखा प्रमुख श्रवण कुमार विष्टले जानकारी दिनुभयो ।

1000040454-1762875760.jpg
कृषकहरूले जनकदेव, कार्डिनल, एम एस ४२.३ जातका आलुका बीउ माग गरेकाले सोही जातका करिब २५ हजार केजी आलुको बीउ वितरण गर्न लागिएको कृषि शाखाले जानकारी दिएको छ। अनुदानसहित आलुको बीउको मूल्य ३४ रूपैयाँ प्रतिकेजी कायम भएको शाखा प्रमुख  विष्टले जानकारी दिनुभयो।

1000040451-1762875814.jpg
कृषकहरूको मागबमोजिम गौतम र स्वर्गद्वारी जातको गहुँको बीउ पनि नगरपालिकाले वितरण गर्न सुरू गरेको छ। अनुदान सहितको गहुँको मूल्य  ३७ रूपैयाँ  प्रतिकेजी कायम गरिएको छ। स्वर्गद्वारी जातको गहुँ २ हजार ५ सय ५० के.जी. र  गौतम  जातको १ सय ८० के.जी.   वितरण गरिने छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्