नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
सुरक्षा/अपराध

अवैध  रूपमा माछा बेच्ने भारतीय नागरिकको पसल सिल

स्याङ्जामा मुख्य बजारहरू स्याङ्जा बजार र वालिङ बजारमा रूपमा अवैध रूपमा माछा पसल गरिरहेका २ भारतीय नागरिकको पसल प्रहरीले  सिल गरेको छ। भारतीय नागरिक  राम पुकार गुप्ता र डोमा साहको पसलमा रहेका अवैध माछा नष्ट गरिएको र पसल सिल गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त  सूचना अधिकारी प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिनुभयो।

अखाद्य तथा अवैध रूपमा माछाहरूको बिक्रिवितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र पशु सेवा शाखा वालिङको संयुक्त टोलीले वालिङ र स्याङ्जामा चेकजाँच तथा अनुगमन गर्दा उनीहरू कारबाहीमा परेका हुन् । अनुगमन टोलीले अवैध रूपमा माछाहरू विक्रिवितरण तथा भण्डारण गरेको फेला पारेको हुँदा बरामद गरी नष्ट गरिएको  र पसलहरू सिल गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।

३३ भारतीय नागरिक राम पुकार गुप्ताले स्याङ्जामा विगत १०/१२ वर्ष देखी माछा बेच्दै आएको प्रहरीले जानकारी दिएको छ। गुप्ताले पुतलीबजार १ स्याङ्जा बजारमा अवैध रूपमा माछाको विक्रिवितरण गरिरहेको अवस्थामा १८ के.जी. वसा प्रजातिको माछाहरू बरामद गरी नष्ट गरिएको हो । त्यस्तै अर्का भारतीय नागरिक डोमा शाहले वालिङ १०  स्थितमा कर्ण बहादुर सार्कीको घरमा संचालन गरेको भकुण्डे माछा पसलमा अखाद्य माछा भेटिएको थियो । पसलमा रहेको अखाद्य जस्तो देखिएको बैखी र पगाम प्रजातिका माछाको नमूना संकलन गरी परिक्षणको लागि पोखरा पठाईएको र उक्त नमूना परिक्षण प्रतिवेदन नआउँदा सम्मको लागि पसल सिल गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त सूचना अधिकारी  कार्कीले बताउनुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्