नेभिगेशन
सुरक्षा/अपराध

नदिजन्य सामाग्रीको अवैध उत्खनन : अवैध उत्खननकै पक्षमा भीरकोट

पुतलीबजार र भीरकोट नगरपालिकाको सिमाना जोडिएको छ। स्याङ्जा जिल्लाको बिच भाग भएर बहने  आँधिखोला नदिबाट अवैध रूपमा नदिजन्य सामाग्रीको उत्खनन र चोरी निकासी सामान्य जस्तै छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नदिजन्य सामग्रीको अवैध रूपमा उत्खनन र चोरी निकासी गर्ने नियन्त्रणमा लिइ  सम्बन्धित पालिकामा पठाउने गरेको छ।

तर एकै खाले अवैध गतिविधिमा पुतलीबजार नगरपालिकाले २० हजार जरीवाना गर्दछ भने भीरकोटमा भने १० हजार रूपैयाँ मात्रै जरीवाना लिइन्छ। भीरकोटको छाङ्छाङ्दी क्षेत्रमा निरन्तर अवैध उत्खनन र चोरी निकासी हुँदै आएको छ। स्याङ्जा प्रहरीले भीरकोटबाट ४ वटा  र पुतलीबजारबाट २ वटा अवैध उत्खनन र ओसारपसार गर्ने ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको छ। त्यी ट्याक्टरका सवारी धनीले पालिकालाई जरीवाना बापत प्रतिट्याक्टर १० हजारका दरले मात्रै बुझाउँछन्। तर पुतलीबजारमा भने २० हजार जरीवाना बुझाउनुपर्छ। जरीवाना पुतलीबजारको भन्दा शतप्रतिशत सस्तो हुँदा यस्ता गतिविधि निरन्तर भैरहेको स्थानीयहरूले बताएका छन्। जरीवानाको रकम हेर्दा भीरकोट नगरपालिका अवैध चोरी निकासी गर्ने व्यवसायी कै पक्षमा भएको देखिन्छ।

 

कुन ट्याक्टर कहाँबाट नियन्त्रणमा लिइयो?

प्रहरीले पुतलीबजार नगरपालिका–१३ र वडा नम्बर–१० जोड्ने झोलुङ्गे पुलदेखी करिव ९० मिटरको दूरीमा आँधीखोलामा ढुङ्गा निकालेको ग. १ त. ६७६७ नम्बरको ट्याक्टर बालुवा निकालेको ग. १ त ६५४३ ट्याक्टरलाई २० हजारका दरले नगद जरिवाना गरिएको जानकारी दिएको छ।

भीरकोट नगरपालिका–४ छाङ्छाङ्दीबाट ग.१ त. ७६७०, लु.३ त.४८९७, ग.१ त. ५९७५ लु.३ त. ९३८२ नम्बरका ट्याक्टरहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्