नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
सुरक्षा/अपराध

गरिमा विकास बैंकका सुरक्षा गार्डमाथि चक्कु प्रहार, आरोपी पक्राउ

स्याङ्जामा गरिमा विकास बैंकका सुरक्षा गार्डमाथि चक्कु प्रहार भएको छ। जिल्लाको बिरुवा गाउँपालिका–१ स्थित गरिमा विकास बैंक लिमिटेडको बिरुवा  शाखामा कार्यरत  सुरक्षा गार्ड ४६ वर्षीय शेर बहादुर थापामाथि चक्कु प्रहार भएको हो। घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिरुवा गाउँपालिका वडा नं. १ निवासी  ३० वर्षीय महेन्द्र नारायण श्रेष्ठ हुनुहुन्छ। उहाँलाई प्रहरीले बिरुवा बजारबाट पक्राउ गरेको हो। घटनामा घाइते भएका सुरक्षा गार्डको उपचार भइरहेको छ। 

पक्राउ परेका श्रेष्ठ विरूद्ध  माघ १४ गते ज्यान मार्ने उद्योग कसूरमा स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्