नेभिगेशन
शिक्षा तथा खेलकुद

जिल्लास्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा त्रिभुवन आदर्श प्रथम

जुनियर रेडक्रस सर्कल, त्रिभुवन आदर्श माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न जिल्लास्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा त्रिभुवन आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ।

विद्यालयको सभाहलमा आयोजित प्रतियोगितामा स्याङ्जा जिल्लाका विभिन्न स्थानीय तहबाट २३ वटा विद्यालय सहभागी भएका थिए। प्रतियोगितामा रोशनी माध्यमिक विद्यालय द्वितीय, भूतपूर्व सैनिक आवासीय माध्यमिक विद्यालय, बयरघारी तृतीय र स्याङ्जा उच्च माध्यमिक विद्यालय सान्त्वना भएका छन्।

विद्यालयका रेडक्रस अध्यक्ष ओस्कार  रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल  रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाका सभापति दिनेश अर्याल , नगरपालिका शिक्षा अधिकृत शोभा बस्याल तथा विद्यालयका प्रधानाध्यापक प्रेमनारायण  पौडेलको उपस्थिति रहेको थियो।

ओमविकास सिंजालीको संयोजकत्वमा पाँच सदस्यीय कार्यसमिति गठन गरी प्रतियोगिता सञ्चालन गरिएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, अंग्रेजी शिक्षक तथा अन्य शिक्षकहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै