नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
सुरक्षा/अपराध

 लागू औषधसहित वालिङबाट   एक युवक पक्राउ 

स्याङ्जाको वालिङ नगरपालिका–१०, भकुण्डेस्थित सिद्धार्थ राजमार्गमा लागू औषधसहित एक युवक पक्राउ परेका छन्।मंगलबार अपराह्न करिब ४:४० बजे बुटवलबाट पोखरा जाँदै गरेको बा. २ ख. १५९२ नम्बरको हाईस गाडीमा सवार कास्की पोखरा महानगरपालिका–२७, लेखनाथ बस्ने २६ वर्षीय अजित परियारलाई लागू औषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी चेकजाँचका क्रममा उनको साथबाट डाईजेपाम, फेनारेगन र आईपिल नामक लागू औषधका ७/७ एम्पुल सहित जम्मा २१ एम्पुल बरामद गरिएको  प्रहरीले जनाएको छ।

निज परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्