नेभिगेशन
कला - साहित्य

कता जाँदैछ हाम्राे समाज?

कता जाँदैछ हाम्राे समाज?
गर्न हुने पनि गर्‍यौं नहुने पनि गर्‍यौं
बाेल्न हुने पनि बाेल्याैं नहुने पनि बाेल्याैं
लेख्न हुनेपनि लेख्याैं नहुनेपनि लेख्याैं
थाेरै स्वतन्त्रता के पाएका थियौँ
मात्तिन थाल्याै,
बढी पाे भयाेकी?
पाेखिनै लाग्याे, छचल्किन लाग्याे
न त अग्रजलाई सम्मान गर्न सक्याै
न त नयाँलाई माया गर्न जान्याै
न त लवजमा मिठास छ
न त व्यवहारमा मिजास नै
पुर्खाहरुले ज्यानकै आहुति 
दिएर बसालेका
रितिथितिलाई किल्चिन थाल्याै
ज्ञानकाे आवरणमा अहंकार बढायाैं
शक्तिकाे छाँयामा मानवता बिर्स्याै
प्रविधिकाे मातमा सद्भाव गुमायाै
मरेर जानू छ एकदिन सबैले भुल्याैं
चर्काे बाेल्नेहरुमात्र जान्ने हुँदैनन 
माैनतामा जस्ताे ज्ञान कहिँ हुँदैन
लहडमा उछृङ्खलता अपनायाैं
निरन्तर लिनेहरुकाे भिडमा 
दिनेहरुकाे महत्व घटायाैं
जित्नेहरुले क्षणभरकाे मात्र
खुसी र अहंकार कमाउछन्
हार्नेहरुले जीवन जिउने शैली
र अमूल्य अनुभवमा रमाउछन्
दुख र सुख त घामपानीजस्तै
आउनेजाने गरिरहन्छन्
सुख खाेज्दै जाँदा झनै दुखी बन्याैं
प्रगतिलाई धनसँग मात्र गन्याैं
आफ्नालाई मात्र मान्छे भन्याैं
बाँकीसबै निर्जीव ठान्याैं
संस्कार र सस्कृतिलाई
सुविधासँग साट्याैं
अन्धविश्वासलाई धर्म मान्याैं
पेल्नु अरुलाई कर्म ठान्याैं
ठेल्नु कमजाेरलाई महानता जान्याैं
कामभन्दा बढी नाममा रमायाैं
मामभन्दा धेरै दाममा हरायाैं
प्रकृतिकाे धराेहरलाई 
निजी सम्पति बनायौं
दाेहन गरी यसकाे उत्सव मनायाैं
दुधैले गरेपनि स्नान डुङडुङ्ति गनायाैं
जडता देखायाै बिर्सेर मानवता
प्रदर्शन गरी  क्रुर दानवता!!!
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्