रुँदा रुँदै धेरै जिन्दगीमा, आँसु सबै सक्किएछ
छैटाैँ दिन भाग्य लेख्दा भावी पनि झुक्किएछ
छाेड्दै हिँड्दै खाेज्दै गर्दा, अवसरका पाेकाहरु
कुद्दाकुद्दै सडकछाप भई, शरीर पनि मक्किएछ
रित्ता भाँडा भाेर्न भनी हरपल, दाैडीरँदा बाटाेभरी
अभावले भगाईदियाे श्रीमतिनी, दिनैरात फाटाेपरी
मेहनतले मात्रै हुन्छ फल मिठाे, साेचीरँदा सँधैभरी
पसिनाकाे खाेलाे बग्याे अविरल, दैलामुनी पाटाेभरी
सेतै भए राैँ , चाउरीएका गालासहित फुल्याे दारी
जति धेरै गल्याे शरीर उति धेरै बढ्दै गयाे जिम्मेवारी
नाच्नुपर्ने, हाँस्नुपर्ने, मनकाे घाउ भतभति पाेलेपनि
खुइलाे तालु,ओइलाएछ पाउ गर्हुङ्गाे भाे मनकाे भारी
खडेरीले सपनालाई दरार पारी चिराचिरा गराइदियाे
डडेलाेले भावनालाई कालैखैरै खरानी पाे बनाईदियाे
असल कर्म अनि ईमान्दारीले जतन गरि सजाएकाे
उद्देश्यलाई बाढी पहिराे आई खाेला मुनि झराईदियाे
श्वास रहुन्जेल आस भनी निरासालाई मेटाईदिँए
सङ्घर्षका कथालाई स्नेहिती ब्यथासँग भेटाईदिए
बालापन हाेस् या किशाेराबस्था अनि युवा जवान
मनकाे लड्डुसँगै चाहाना र इच्छा सबै रेटाईदिए।
बाबू खसे दाजु लडे गतबर्ष शिथिल भईन आमापनि
साैभाग्यले जन्मिएकी छाेरीलाई छैन दिन जामापनि
हरेकपटक दुख कष्ट सहिदिने हाैसला र प्रेरणालाई
बिस्तारैमा अचेत लडीराछन् सबका प्यारा मामापनि
बिगतका ती खुसीका पल स्मरणमा कत्तिपनि छैन अब
असन्तुलित भईदाेरछ, भारी हुँदा पिडाका ति पल्ला जब
देवतापनि भाकेकै हाे, पुजाआजा दानपुण्य सकेजति
न त कुनै चासाे रह्याे आसा सहित गुनासाे नै छैन तब
बानी पर्याे यसै यसै बिताईदिउला कति छर बाँकी जीवन
पाईएन नी कहिलेपनि चुँडाल्नत सफलताकाे राताे रिबन याेग्यतालाई बन्धक राखी, स्वाभिमानलाई बली चढाई
परिस्थितिकाे निरीह दासी बनी दासजस्तै भईयाे पियन।