नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
दुर्घटना/प्रकोप

सवारी दुर्घटनामा वरिष्ठ कृषि अधिकृत लम्सालको निधन

स्याङ्जामा सवारी दुर्घटना हुँदा एकजनाको निधन  भएको छ । मोटरसाइकल दुर्घटनामा परी  स्याङ्जाको पुतलीबजार नगरपालिका -१४ का माधवप्रसाद लम्सालको निधन भएको हो। सतौं स्थित मामाघरबाट घर फर्कने क्रममा आमडाँडामा  आँफैले चलाएको मोटरसाइकल दुर्घटनामा परी निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

1000039680-1761312173.jpg
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ, कास्कीका प्रमुख वरिष्ठ कृषि अधिकृत लम्सालको मोटरसाइकल दुर्घटनामा परी निधन भएको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो। सुन्तला सुपरजोन स्याङ्जाका पूर्व प्रमुख समेत रहेका लम्सालको मृत शरिरलाई पोस्टमार्टमका लागि लगिएको स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्