नेभिगेशन
शिक्षा तथा खेलकुद

४ जिपिए ल्याउने छात्रालाई १ लाख नगद पुरस्कार

स्याङ्जाको आँधीखोला गाउँपलिकाले एसईईमा ४ जिपिए ल्याउने छात्रालाई १ लाख नगद पुरस्कार प्रदान गरेको छ ।  शारदा मन्दिर माध्यमिक विद्यालयबाट एसईईमा ४ जिपिए ल्याउने  मनिषा ढकाललाई १ लाख नगद र  सम्मानपत्रसहित  सम्मान गरिएको पालिका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिनुभयो । पौडेलले आगामी वर्षहरूमा पनि ४ जिपिए ल्याउने विद्यार्थीहरूलाई १ लाख नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ।

आँधिखोला र पुतलीबजार नगरपालिकाले पनि ४ जिपिए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गरेका छन्। पुतलीबजार नगरपालिकाले ४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । पुतलीबजार नगरपालिकाबाट यो वर्षको एसईईमा ५ जनाले ४ जिपिए प्राप्त गरेका थिए । ४ जिपिए ल्याउने त्रिभुवन आर्दश माविका आयुष्मा ढकाल, अनिशा रेग्मी र शश्रिक दोरंगा, रोशनी आवासीय माविका प्रसनमान श्रेष्ठ, स्याङ्जा माविका निश्चल तिवारीलाई नगरपालिकाले नगद ७ हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाले जानकारी दिनुभयो ।

भीरकोट नगरपालिकाले  नितेश काफ्ले र चाहाना केसीलाई नगद र प्रशंसापत्रले सम्मान गरेको छ । शहिद शुक्र मा.वि. का काफ्लेले एसईई परीक्षामा ४ जिपिए र दहथुम मा.वि. का  चाहना के.सी. ले ३.९१ जिपिए प्राप्त प्राप्त गर्नुभएको थियो।  काफ्लेलाई नगद पुरस्कार १५ हजार रूपैयाँ र के.सी. लाई १० हजार प्रदान गरिएको शिक्षा शाखा प्रमुख खड्ग बहादुर रानाले जानकारी दिनुभयो।


११ पालिका रहेको स्याङ्जामा पुतलीबजार नगरपालिकाबाट ५ जना, वालिङबाट ३ जना, भीरकोट नगरपालिका, अर्जुनचौपारी र आँधीखोला गाउँपालिकाबाट एक/एक जनाले ४ जिपिए प्राप्त गरेका थिए । प्रतिशतको आधारमा विश्लेषण गर्दा धेरै फेदिखोलाबाट ९३.८८ प्रतिशत विद्यार्थी उर्तिण भएका छन् भने कम विरुवा गाउँपालिकाबाट ४१.१३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्