नेभिगेशन
कला - साहित्य

साइन भिलेजमा सिर्जनशील संवाद कार्यक्रम 

साइन भिलेज इन्टरनेशनल एकेडेमी, वालिङले गरेको "सिर्जनशील संवाद" को पहिलो शृङ्खला " सम्पन्न गरेको छ। शुक्रवार भएको   "सिर्जनशील संवाद" को पहिलो शृङ्खलामा स्याङ्जाली साहित्यकार मिलन समिरसँग विद्यार्थीहरूले साहित्यिक अन्तरक्रिया र संवाद गरेका छन्। " विद्यार्थीसँग   मिलन समीर" नाम दिइएको महिलो  "सृजनशील संवाद " कार्यक्रमको  सहजीकरण कक्षा १० कि छात्रा सिमरन खड्काले गर्नुभएको थियो।

सिर्जनशील संवादको क्रममा पाठ्यपुस्तकदेखि बाहिरका पुस्तकको अध्ययनको महत्व, सिर्जनशील लेखन , सिर्जनशील लेखनको महत्त्व र अभ्यास, मिलन समीर नामको अन्तर्कथा, विद्यार्थी जीवनमा पाठ्यपुस्तकसँग  सम्बन्धित कविता, कथा, निबन्ध, संवाद र दैनिकी जस्ता विविध विधा लेखन- अभ्यासको माध्यमबाट हुने साहित्यको विकासदेखि लिएर साहित्यिक लेखनको सुधारसँगै निखारतासँग सम्बन्धित रहेर सिर्जनशील संवाद गरिएको थियोे ।

विद्यालयका सहायक प्रधानाध्यापक गौरव सुवेदीले विद्यार्थीहरुलाई अग्रज पुस्ताको जीवन्त अनुभव र अनुभुतिसँग  साक्षात्कार गराएर जीवनप्रति सदैव सकारात्मक सोचको विकास गर्दै सिर्जनशील सिकाइलाई दीगो बनाउनका लागि हरेक महिनाको तेस्रो शुक्रबार नियमितरूपमा आयोजना गरिने योजनासहित " सिर्जनशील संवाद " शृङ्खलात्मक कार्यक्रमको शुरूवात गरिएको  बताउनुभयो ।आगामी दिनमा समाजका विविध क्षेत्रमा क्रियाशील उदाहरणीय अग्रज व्यक्तित्वहरुलाई विद्यालयमा निमन्त्रणा गरेर विद्यार्थीहरुको माझमा " सिर्जनशील संवाद " को शृङ्खलालाई अगाडि बढाइने  उहाँले जानकारी दिनुभयो । स्मरण रहोस्,  विद्यालयमा यस्तो किसिमको " सिर्जनशील संवाद " कार्यक्रम स्याङ्जाको इतिहासमा पहिलोपटक आयोजना गरिएको हो ।

स्याङ्जाको गल्याङ नगरपालिका, करादीखोलामा  जन्मिनुभएका मिलन समीर युवा पुस्ताका सशक्त कविको रूपमा स्थापित हुनुहुन्छ । समीर स्याङ्जाको साहित्यिक जगतमा सिर्जनशील साहित्यिक अभियन्ताको रूपमा परिचित हुनुहुन्छ । स्याङ्जाको व्यापारिक केन्द्रको रूपमा रहेको वालिङ बजार समीरकै विशेष अग्रसरतामा पछिल्लो समय साहित्यिक केन्द्रको रूपमा स्थापित हुँदै गएको साहित्यिक जानकारहरु बताउँछन् ।

उहाँका हालसम्म गाउँमा साइरन बजेपछि ( कविता सङ्ग्रह- २०६९ ), प्रिय दुश्मन ( शृङ्खला कविता- २०७९ ), मिलन समीर र मिलन समीरहरु ( शृङ्खला कविताहरु- २०८० ) र  मिलनमन्त्र ( मायालु मुक्तकहरु- २०८० ) लगायतका पुस्तकहरु प्रकाशित भइसकेका छन् भने समीरसूत्र ( प्रेमिल गजलहरु ) प्रेसमा गएको छ ।

गल्याङ प्रज्ञा प्रतिष्ठानको संस्थापक सचिव, वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको संस्थापक संयोजक, नेपाली लेखक संघको केन्द्रीय सचिवको रूपमा नेपाली भाषा- साहित्यको स्तरोन्नतिको सन्दर्भमा विशेष क्रियाशील हुँदै आउनुभएका समीर स्थानीयदेखि लिएर राष्ट्रियस्तरका थुप्रै सम्मान / पुरस्कारद्वारा सम्मानित / पुरस्कृत भैसक्नुभएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला - साहित्य
कता जाँदैछ हाम्राे समाज?

कता जाँदैछ हाम्राे समाज?

नैतिकता

नैतिकता